दार्चुला । भारत स्थित तपोवन, धारचुलाको धौलीगंगा जलबिद्युत परियोजनाको ड्याम खोलिने भएको छ । सिन्ट फ्लशिंग को कार्य हुने भएकाले वीहिबार अर्थात (भोली) बिहान ५ बजे देखी बेलुकी ८ बजे सम्म खुल्ला रहने जनाईएको छ ।
यस बारे एनएचपीसी लिमिटेड धौलीगंगा पावर स्टेशन धारचुला पिथौरागढ भारत पक्षबाट जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार भएको छ । सोही अनुसार जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नदिमा जलस्तर बढ्न सक्ने सम्भावना रहेकाले नदि किनार तटिय क्षेत्रका नागरीकहरुलाई सतर्कता अपनाउन सार्वजनिक सुचना मार्फत अनुरोध गरेको छ ।
