दार्चुला : नेपाली सेनाले महाकाली नगरपालिका–५ खेट्टेबगरमा बृक्षारोपण गरेको छ । गुरुगोरख गुल्म खलंगा ब्यारेकको आयोजनामा आज एक कार्यक्रमका बिच बृक्षारोपण गरेको गुल्मपति कृष्णचन्द्र ठकुल्लाले जानकारी दिए ।
नेपाली सेनाको (गो ग्रीन क्याम्पेन) कार्यक्रम अन्तरगत खेट्टेबगर स्थित रित्तो जमिन र महाकाली नदी किनारमा बृक्षारोपण गरिएको उनले बताए ।
रित्तो जमिनलाई हरियाली बनाउने तथा नदी किनारमा हुने कटानलाई न्युनिकरण गर्न बृक्षारोपण गरिएको बताइएको छ । नेपाली सेनाले सो क्षेत्रमा आप, च्युउरी लगायत अन्य प्रजातीका १ सय ५० बोट रोपेको गुल्मपति ठकुल्लाले जानकारी दिए
