दार्चुला । जिल्लामा पहिरोका कारण १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौगाड गाउँपालिका ६ परीगाउँ बस्ने मान बहादुर ठगुन्नाका २१ वर्षका छोरा करन सिह ठगुन्नाको रहेको  जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सनिवार (आज) बेलुकी करिब ५ बजे तिर भटडाणाबाट परीगाउँ जानेबेला पहिरोमा परी ठगुन्नाको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सुचना अधिकारी राजेश शाहीले जानकारी दिए । अहिले इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट इन्सपेक्टर सुरज बहादुर सिह नेतृत्वको टोलि  घटनास्थलमा गइरहेको तथा घटनाको बाकी विबरण आउन बाकी रहेको प्रहरीको भनाइ छ ।


विज्ञापन

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाद्धारा जनहितमा जारी सन्देश

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय