दार्चुला । खानेपानीको पाइप जडान गर्ने क्रममा चिप्लिएर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको दुहुँ गाउँपालिका वडा नम्बर १ पिपलचौरीका ४५ वर्षीया पुष्पा जोशी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रहरीका अनुसार सनिवार खानेपानीको पाइप जडान गर्ने क्रममा भिरमा चिप्लिएर जोशी घाइते भएकी थिइन् । घाइते जोशीलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा कोलोन भन्ने ठाउँमा उनको मृत्यु भएको हो । शवको पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
कुकुरको टोकाईपछि विज्ञापन

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाद्धारा जनहितमा जारी सन्देश
