दार्चुला । भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानीको मुनि तीन दिवंगत नेताहरुको सालिक निर्माण गरिएको छ । सुदुरपश्चिम सरकारको आर्थिक सहयोगमा दार्चुलामा भारतीय विस्तारवादविरुद्ध पहिलोपटक आवाज उठाउने तीन जना दिवंगत नेताको सालिक निर्माण गरिएको हो ।
जिल्लाको व्याँस गाउँपालिका–१, छाङरुको गागाबगरमा पूर्ववन सहायकमन्त्री बहादुरसिंह ऐतवाल, स्वर्गिय राष्ट्रवादी नेता प्रेमसिंह धामी र संविधानसभा सदस्य गोपाल सिह बोहराको सालिक निर्माण गरिएको प्रेमसिह धामी स्मृति प्रतिष्ठानका अध्यक्ष किसन सिह धामीले वताए । सुदुरपश्चिम उद्योग पर्यटन वन तथा वातावरण मन्त्रि मान बहादुर धामीको बिषेश पहलमा सालिक निर्माण गरिएको प्रतिष्ठानले जनाएको छ ।
सुदुरपश्चिम उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको ५ लाख रुपैयामा सालिक निर्माण गरिएको हो । व्याँस गाउँपालिकाअन्तर्गत पर्ने कालापानी, लिपुलेक, लिम्पियाधुरा भारतीय सेनाको कब्जामा रहेको छ। भारतले अतिक्रमण गरेको यी भूभाग समेटेर नेपालले चुच्चे नक्सा जारी गरे पनि अझै अतिक्रमित भूभाग फिर्ता ल्याउन सकेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय