दार्चुला । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द दार्चुलाले बेमौसमी बर्षाका कारण पशुपन्छी व्यवसायमा परेको क्षेतिको राहत दिने भएको छ । गत वर्ष असोज ३० र ३१ गते आएको बेमौसमी बर्षा कारण पशुपन्छी व्यवसायमा परेको क्षेतिको माग भए बमोजिम जिल्लाका ३ जना व्यवसायीहरुलाई राहत दिने निर्णय भएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द दार्चुला कार्यालय प्रमुख राम बहादुर खडकाले जानकारी दिए ।
उनका अनुसार कार्यालयमा दर्ता भएका आवेदकहरुबाट छनोट भइ आएकाहरुलाई राहत दिने निर्णय भएको छ । यसका लागि भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट रकम विनीयोजन गरिएको छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट क्षेतिको राहत त प्रदान सम्बन्धि मापदण्ड २०७७ तयार गरीए बमोजिम व्यवसायीहरुलाई राहत दिने निर्णय भएको कार्यालय प्रमुख खडकाको भनाइ छ ।
राहत तथा क्षेतिपुर्ति पाउनेमा महाकाली नगरपालिका ६ का मान सिह धामीले १५ हजार रुपैँया क्षेतिपुर्ति पाउने बताइएको छ । यस्तै महाकाली नगरपालिका वडा नं ६ कै गोविन्द सिह ठगुन्नाले पनि क्षेतिपुर्ति बाफत २० हजार पाउने भएका छन ।
वडा नं ६ कै गणेश सिह भाटले १८ हजार क्षेतिपुर्ति पाउने बताइएको छ । गत वर्ष असोज ३० र ३१ गते आएको बेमौसमी बर्षा कारण मान सिहका १५ भेडाबाख्रा मरेका थिए भने गोविन्द सिह ठगुन्नाका २० वटा भेडाबाख्रा मरेका थिए ।यस्तै गणेश सिह भाटका १८ वटा भेडाबाख्रा मरेको कार्यालयले जनाएको छ । प्रतिपशु वाफत १ हजारका दरले व्यवसायीहरुलाई राहात प्रदान गरिन लागेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द दार्चुलाले जनाएको छ ।
जनहितमा जारी सन्देश

अपि नम्पा संरक्षण क्षेत्र दार्चुलाद्धारा जनहितमा जारी सन्देश
