दार्चुला । दुहुँ गाउँपालिका गाउँकार्यपालिकाको बैठक सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्र बडालको अध्यक्षतामा सम्पन्न बैठकले सशर्त अनुदान कार्यक्रम अन्तर्गत सेवा गर्दै आईरहेका र गाउँपालिका स्थापना हुनु पुर्ब नियुक्त गरिएका करार कर्मचारीहरु बाहेक अन्य करार कर्मचारीहरुको अर्काे ब्यवस्था नभए सम्म सम्झौता थप नगर्ने निर्णण गरेको छ ।
यो निर्णमा गठवन्धनका कार्यपालिका सदस्यहरुले सहमति भने जनाएका छैनन । गाउँपालिका उपाध्यक्ष शान्ति बम, वडा नम्वर १ का वडा अध्यक्ष जीत बहादुर बम, वडा नम्वर २ का वडा अध्यक्ष गोविन्द सिह डडाल र वडा नम्वर ५ का वडा अध्यक्ष मनोरथ भट्टले असहमति जनाएका हुन्न ।
प्रधानमन्त्री रोजगार, पोषण, सूचना प्रविधि र पञ्जिकरण सशर्त कार्यक्रम अन्तर्गत पर्दछन । अन्य यस बाहेक गाउँपालिका स्थापना भएदेखीको मितिले विभिन्न समयमा नियुक्त गरिएका करार कर्मचारीहरुको थप सम्झौता नहुने भएको छ ।
जनहितमा जारी सन्देश

अपि नम्पा संरक्षण क्षेत्र दार्चुलाद्धारा जनहितमा जारी सन्देश
