बैतडी । बैतडीको पुर्चाैडी नगरपालिका १ बसन्तपुर हाट बजारमा रहेको एक पसलमा आगलागी भएको छ । आइतबार राति करिब ८ बजे तिर मिठाई र श्रीङ्गार पसलमा आगलागी हुुँदा ३ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ ।
कमल सिंह ठाकुर नामका ब्यापारीको मिठाईपसलबाट खाना बनाउनेबेला ग्याँसको माध्यमबाट मिठाईपसलको छेउमै रहेको श्रीङगार पसलमा पनि आगो सल्केको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी निरिक्षक लोकराज जोशीले बताए ।

आगलागीबाट दुवै पसलमा करिब ३ लाख बराबरको क्षति भएको छ ।
