दार्चुला । मन्दिर क्षेत्रको फोहोर व्यवस्थापनमा नेपाली सेनाले  अग्रसरता देखाएको छ ।
करिब महिना दिनदेखि महाकाली नगरपालिका–४ तिंकरखेडास्थित पिपलचौतारा र संगै रहेको मन्दिरमा फालिएको फोहोर सोमबार नेपाली सेनाले उठाएको छ । गुरुगोरख गुल्म दार्चुलाले चौतारा र मन्दिर परिसरमा सरसफाई गर्नुका साथै मन्दिरमा रङ्गरोगन गरेको छ । नेपाली सेनाले गरेको यो कार्यको सबैले प्रशंसा गरेका छन् । सुन्दर, स्वच्छ नगरको संकल्पसहित निर्माण गरिएको तिंकरखेडास्थितको चौतारा र मन्दिरमा स्थानीय होटल व्यवसायी तथा बियरबार संचालकहरुले फोहोर थुपार्ने गरेका छन् । नगरपालिकाका विभिन्न ठाउँमा स्थानीयहरुले जथाभावी फोहोर फाल्दा नगर दुर्गन्धित र कुरुप बन्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय