अंकित कुँवर, दार्चुला । सुन्दरताले भरिपुर्ण दार्चुला नेपालको महाकाली अञ्चल सुदूरपश्चिम प्रदेशको (७ नं) को पनि पूर्वमा बझाङ जिल्ला, पश्चिममा भारतको पिथौरागढ, उत्तरमा चिनको तिब्बत र दक्षिणमा बैतडी जिल्ला सँग जोडिएको, ७७ जिल्लाहरु मध्धेको दार्चुला एक हिमाली जिल्ला हो । यस जिल्लाको सदरमुकाम खलङ्गा हो । खलङ्गा बजार महाकाली नदीको किनारामा अवस्थित एक सानो अनि सुन्दर सहर हो । दार्चुला जिल्लामा मात्र बसोबास गर्ने एक मात्र सौका समुदायको समेत बसोबास रहेको छ ।

जिल्लालाई दुहुँ, र्मामा र लेकम गरी तिन भागमा बिभाजन गरिएको छ ।

लेकम क्षेत्र

जिल्लाको मध्य भागमा रहेको उच्च समस्थली भूभागहरू पर्दछन् । यो क्षेत्रमा समथर भूभागको तुलनामा केही कम उत्पादन हुने भएता पनि अपेक्षाकृत उब्जाउ क्षेत्र नै हो । यस क्षेत्रमा असारको महिना रोपाई समेत गरिन्छ । यहाँ देशकै सातौँ धामका रुपमा रहेको मालिकार्जुन मन्दिर यस क्षेत्रमा पर्दछ । जिल्लाको प्रमुख अन्न भण्डारको रूपमा चर्चा पाएको यो क्षेत्रको जनघनत्व पनि धेरै रहेको छ ।

र्मामा क्षेत्र

यो क्षेत्र प्राकृतिक सौन्दर्यताले सिंगारिएको तर उब्जाउको दृष्टिकोणले कम उर्बरक क्षेत्रहरू पर्दछन् । प्रायः हेमन्त ऋतुमा हिमपात हुनु यस प्रदेशको विशेषता हो । यहाँको मानिसहरुको लवाईखवाई भेषभुसा अन्य ठाउँको भन्दा बेग्लै प्रकारको देख्न सकिन्छ ।

ब्याँस क्षेत्र

हिमाली प्रदेश अन्तरगत जिल्लाको उत्तर पट्टीको चिनको तिब्बतसँग सिमा जोडिएको सामान्यतया बाह्रै महिना हिउँले ढाचिएको क्षेत्र हो । यस क्षेत्रमा उत्पादन मात्र होइन मानिसहरूको बसोवास समेत नगण्य छ । हिउँदमा तल बेसी खलङ्गा तिर झर्ने र गृष्ममा फर्किने यहाँ बसोवास गर्ने (सौका) समुदायको प्रमुख विशेषता बोकेको ब्यास गाउँपालिकाको वडा नंवर १ यस क्षेत्रको मुख्य उदाहरण हो ।

दुहुँ क्षेत्र

हिमाली प्रदेश अन्तरगत जिल्लाको उत्तर पट्टीको ब्याँसको छिमेकि क्षेत्र हो । यहाँका मानिसहरुको लवाईखवाई भेषभुसा पनि अन्य ठाउँको भन्दा बेग्लै प्रकारको देख्न सकिन्छ । यहाँ मकै प्रसस्त मात्रामा उत्पदन हुने गर्दछ । यो क्षेत्रमा ब्रह्मको मन्दिर छ जहाँ जगेनी जात्रा लाग्ने गर्दछ । यो नै यस क्षेत्रको मुख्य उदाहरण हो ।

भारतीय बिस्तारवादले मेरो भुमी हो भनि दमन गर्दे आएको धार्मिक तथा पर्यटकिय स्थलका रुपमा चिनिने अतिक्रमण गरेको लिपुलेक, कालापानी पनि हाम्रै दार्चुलामा हो । चिनको तिब्बतमा अवस्थित हिन्दू धर्मावलम्बीहरूको महत्त्वपूर्ण तिर्थ स्थल तथा पर्यटकिय महत्त्व समेत बोकेको मानसरोवर जाने प्रमुख मार्गको रूपमा समेत यो जिल्लामा रहेको छ । यस क्षेत्रमा हाल सुदुरपश्चिम उद्योग पर्यटन वन तथा वातावरण मन्त्रि मान बहादुर धामीको बिषेश पहलमा सुदुरपश्चिम उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको ५ लाख रुपैयामा सालिक समेत निर्माण गरिएका छन् । कालापानीको मुनि तीन दिवंगत नेताहरुको सालिक निर्माण गरिएको छ । सुदुरपश्चिम सरकारको आर्थिक सहयोगमा दार्चुलामा भारतीय विस्तारवादविरुद्ध पहिलोपटक आवाज उठाउने तीन जना दिवंगत नेताको सालिक निर्माण गरिएको हो । व्याँस गाउँपालिका–१, छाङरुको गागाबगरमा पूर्ववन सहायकमन्त्री बहादुरसिंह ऐतवाल, स्वर्गिय राष्ट्रवादी नेता प्रेमसिंह धामी र संविधानसभा सदस्य गोपाल सिह बोहराको सालिक निर्माण गरिएको हो । यी भूभाग समेटेर चुच्चे नक्सा जारी गरे पनि अझै अतिक्रमित भूभाग फिर्ता ल्याउन सकेको छैन ।

सबै भन्दा बढी उचाईँ भएको ठाउँ अपी हिमाल गाउँपालिका हो । यो समुद्र सतह देखि करिब ७१३२ मि. उचाईमा रहेको छ जहाँ जिल्लालाई चिनाउने अपी हिमाल छ जस्को उचाई ७,१३२ मी. (२३,३९९ फीट) रहेको छ ।

लेकम गाउँपालिकामा रहेको उकु महलको भग्नावशेष पनि एक पर्यटकिय विन्दु हो । खण्डेश्वरीको सुर्मासरोवर एक धार्मिक तथा पर्यटकिय स्थल हो भने समुद्र सतह देखी ५००० मिटरको उचाईमा रहेको लिपुलेक पनि पर्यटकहरूका लागि निकै मनमोक स्थल हो । अपी हिमाल गाउँपालिकामा पर्ने धर्मी गुफा पनि एक अर्को महत्त्वपूर्ण स्थल हो । मालिकार्जुन गाउँपालिकाको शिखरडाँडा र मालिकार्जुन मन्दिर पनि महत्त्वपूर्ण स्थलहरू हुन् । मालिकार्जुन गाउँपालिका अन्तरगत नै हुनैनाथ मन्दिर लेकम गाउँपालिकाको रिठा चौपाताको जयपुर मन्दिर, बोहरीगाउँको बन्तोली मन्दिर, शैल्यशिखर नगरपाकिाको गोकुलेश्वर शिव मन्दिर पनि एक हो । यसका साथै जिल्लामा रहेको अपि नाम्पा संरक्षण क्षेत्र पनि यस जिल्लाको एक पर्यटकिय केन्द्र विन्दू हो । यसै गरि उकू बाकु लाली यो जिल्लाका भकारीका रुपमा रहेका मानिन्छन् ।

विश्व मान चित्रमा यो जिल्ला २९ डिग्री ३६ मिनेट उत्तर देखि ३० डिग्री १५ मिनेट उत्तरी अक्षांश र ८० डिग्री २२ मिनेट पूर्व देखि ८१ डिग्री ०९ मेनेट पूर्वी देशेन्तरसम्म फैलिएको छ । यस जिल्लाको कुल क्षेत्रफल २३२२ वर्ग किलोमिटर छ ।

दार्चुलामा दुई नगरपालिका र सात गाउँपालिका गरी नौँ ओटा स्थानिय तह छन् । साबिका ४१ गा.बि.स मिलेर हाल जिल्लामा नौँ ओटा स्थानिय तह भएको जिल्लामा ६१ वडा छन् । जुन स्थानियतहहरु यस प्रकार छन् ः

१–महाकाली नगरपालिका

२–शैल्यशिखर नगरपालिका

३–मालिकार्जुन गाउँपालिका

४–लेकम गाउँपालिका

५–नौगाड गाउँपालिका

६–र्मामा गाउँपालिका

७–अपी हिमाल गाउँपालिका

८–दुहुँ गाउँपालिका

९–र ब्याँस गाउँपालिका

हाम्रो मिचिएको भुमि फिर्ता हुनैपर्छ कालापानी लिपुलेक हाम्रै हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय