दार्चुला । जिल्लाको ब्याँस गाउँपालिका–२ दुम्लीङ स्थित तुइनबाट महाकाली नदीमा खसेर एक बालक बेपत्ता भएका छन् । ब्याँस गाउँपालिका–२ घर भएका १९ वर्षिय सचिन बुढाथोकी भारतबाट नेपाल घर जाने क्रममा तुइन टुटेर महाकाली नदीमा परी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । अहिले घट्ना स्थलमा सुरक्षाकर्मीको टोलि पुगिसकेको छ । तुईन गाडेको पोल टुटेर वालक नदिमा वेपत्ता भएको स्थानियको भनाई छ ।नेपाल प्रहरी र सशस्त्र प्रहरीको सयुक्त टोलीले वेपत्ता वालकलाई खोजी गरिरहेको छ ।
