दार्चुला : दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेर एक किशोर बेपत्ता भएका छन् । व्याँस गाउँपालिका–२ दुम्लिङस्थित गोठाल घाटको तुइनबाट खसेर १८ वर्षीय सचिन बुढाथोकी बेपत्ता भएका हुन् । बुधवार दिउँसो साढे ३ बजेतिर भारत गर्वाधार बजारबाट समान लिएर घर फर्कने क्रममा दुम्लिङका बुढाथोकी तुइन चुडिँदा महाकाली नदिमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । बेपत्ता बुढाथोकीको खोजी कार्य भइरहेको छ । उनको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरु जुटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय