दार्चुला । भारतिय राज दुतावाँसबाट दुहुँ गाउँपालिका वडा नम्वर ३ मा रहेको जनबिकाश माध्यामिक विद्यालय वाँरवाँजलाई बिद्यालय बस प्राप्त भएको छ ।

नेपाली काँग्रेसका सुदुरपश्चिम प्रदेश कार्यसमिति सदस्य एवम पुर्व जिल्ला समन्वय समिति प्रमुख करबीर बहादुर कार्की र नेपाली काँग्रेस जिल्ला कार्यसमिति सचिव एमव पुर्व दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीको बिषेश पहलमा जनबिकाश माध्यामिक विद्यालय वाँरवाँजले बिद्यालय वस प्राप्त गरेको हो ।

यहि २२ गते भारतिय राजदुतावाँसमा एक कार्यक्रमका बिच जिल्लाको मालिकार्जुन गाउँपालिका र दुहुँ गाउँपालिकालाई एक एक एम्वुलेन्स सहित जन बिकाश माध्यामिक विद्यालयलाई विद्यालय वस हस्तान्तरण गरेको थियो । सकारात्मक पहल कदमीको रेजल्ट पश्चात दुहँुबाँसी खुसी भएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय