गोकुलेश्वर । दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ प्रेमनगर मड बजारमा रहेको एक खुद्रा पसलमा गएराती चोरी भएको छ । पथ्थरले छाएको पसलबाट ४ हजार बराबरको रिचार्ज कार्ड र १३ हजार रुपैयाँ चोरी भएको पसल ब्यवसायी दिलेन्द्र सिंह धामीले  जानकारी दिए ।

ब्यवसायी धामीले भने–“हिजो बेलुका बावुले पसल बन्द गरेर घर जानुभएको हो आज बिहान पसल आउँदा ताल्चामा सरियाले हानेर ताल्चा फोडेर पसल भित्र पसि चोरी गरेको पाईयो”

चोरी कसले गरेको हो भन्ने अहिले सम्म पत्ता लागेको छैन, ईलाका प्रहरी चौकी कार्यलय मडमा धामीले उजुरी सहित निबेदन दिएका छन् । प्रहरीले अनुसन्धान गरिहेको छ ।

दार्चुलामा चोरीका घटनाहरु दिनप्रतिदिन बढ्दै गईरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय