दार्चुला । संघीय निजामती सेवा ऐन जारी गरियोस भन्दै दार्चुलाबाट नेपाल सरकारलाइ ज्ञापन पत्र  बुझाइएको छ । संघीय निजामत सेवा ऐन अबिलम्ब जारी गर्न माग सहित दार्चुलाका प्रमुख जिल्ला अधिकारी  दीर्घराज उपाध्याय  मार्फत  नेपाल सरकारलाइ  ज्ञापन पत्र बुझाइएको  हो ।

सोमबार नेपाल निजामति कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन र राष्ट्रिय कर्मचारी संगठन निजामतिले  दार्चुलाबाट संयुक्त रुपमा हस्ताक्षरित ज्ञापन पत्र बुझाएका हुन ।संघीय निजामती सेवा ऐन अबिलम्ब जारी गरियोस भन्दै आफुहरुले प्रमुख जिल्ला अधिकारी  मार्फत प्रधानमन्त्रीलाइ  ज्ञापन पत्र बुझाएको  तिनवटै संगठनको भनाइ छ ।

समग्र  कर्मचारीको साँझा हित र  निजामती  प्रशासनको मार्गदर्शनको  रुपमा रहेको ऐन निर्माणको प्रकृयामा सरोकारवाला पक्षहरुको अर्थपूर्ण सहभागिता अपरिहार्य रहेकाले यस्ता विषयमा सम्बन्धित पक्षहरु संग छलफलको आवश्यकता रहेकोले संगठनहरुले निजामती प्रशासनलाइ संघिय शासन अनुरुपको ढाँचामा व्यवस्थीत गरि जनातको सेवा प्रवाहलाइ  चुस्त, दुरुस्त , प्रभावकारी,  प्रारदर्शि एवं नागरिक मैत्री गराउने कार्यमा सहयोग पुग्ने  गरि संघीय संसदको चालु  अधिवेशनबाट यथाशीघ्र  संघीय निजामती सेवा ऐन जारी  गर्न जोडदार माग गर्दछौँः ज्ञापन पत्रमा उल्लेख गरिएको  छ । चालु अधिवेशनबाट संघीय निजामती सेवा ऐन जारी नभएमा संघर्षका थप कार्यक्रमलाइ  अघी बढाइने चेतावनी समेत दिइएको  छ । सोमबार देशभरका सबै जिल्लाहरुबाट  संघीय निजामती सेवा ऐन  जारि गर्न  माग गर्दै प्रधानमन्त्रीलाइ ज्ञापन पत्र बुझाइएको  बताइएको  छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय