दार्चुला । जिल्लाको ब्याँस गाउँपालिका वडा नम्बर २ दुम्लीङ क्षेत्रको महाकाली नदी माथी नेपाल–भारत जोड्ने अस्थायी काठेपुल निर्माणको पहल गरिदिन दार्चुलाका प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायलाई दुम्लीङका स्थानियले निवेदन दिएका छन् ।

दुम्लीङका स्थानिय मंगलबार जिल्ला प्रशासन कार्यालय दार्चुलामा पुगी भारतीय बजार पाङला गर्भाधार लगायतको क्षेत्रबाट दैनिक उपभोग्य सामग्रीहरु किनमेल गर्नुपर्ने बाध्यतात्मक अवस्था रहेको भन्दै उक्त क्षेत्रको महाकाली नदी माथी अस्थायी काठेपुल निर्माणको लागि पहल गरिदिन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेको हुन् ।

जिल्ला सदरमुकाम खलंगाबाट अन्दाजी ४५–५० किलोमिटरको उत्तरमा रहेको दुम्लीङ क्षेत्रका नागरीकहरुलाई नेपाली भुमीबाट जिल्ला सदरमुकाम खलंगा आउ जाउ गर्न दुई दिनको पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । सिमा नदी महाकाली माथी अवैध रुपमा तुईन राखेर वारपार गर्दा निकै जोखिम हुने तथा तुइनबाट खसेर हालै मात्र एक जना किशोर बेपत्ता भएको भन्दै उनिहरुले अस्थायी काठेपुल लगाउन पाउनु पर्ने माग राख्दै निवेदन दिएका हुन् ।

दुम्लीङ गाउँबाट १३ किलोमिटर दक्षिणमा रहेको वडा नम्बर २ को माल क्षेत्रमा नेपाल–भारत जोड्ने झोलुङगे पुल निर्माणाधिन अवस्थामा छ । उक्त पुल निर्माण सम्पन्न पस्चात पनि पुल सम्म पुग्न दुम्लीङका स्थानियले ३–४ किलोमिटर पैदल यात्रा गर्नु पर्दछ । वडा नम्बर २ को तल्ला दुम्लीङमा नेपाल–भारत जोड्ने झोलुंगे पुल निर्माणको लागि सरकार सँग पटक–पटक माग गर्दा हाल सम्म कुनै सुनुवाई नभएको त्याहाका स्थानियको गुनासो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय