दार्चुला । जिल्लाको नौगाड गाउँपालिकाको वडा नम्बर १ का शिक्षक हरकसिंह ठगुन्ना सम्पर्क बिहिन भएका छन ।
हिजो रातीदेखि सम्कर्प विहिन भूमिराज माध्यामिक विध्यालयका सहायक प्राध्यापक हरकसिंह ठगुन्ना हिजो सल्लामा विहेमा गएको र घर फर्किने क्रममा सम्पर्क विहिन भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सुचना अधिकारी राजेश शाहीले जानकारी दिए । शिक्षक ठगुन्नाको बिहान ४ बजेसम्म फोन खुला भए पनि अहिलेसम्म उनी सम्पर्कमा नरहेको वताइएको छ ।
सम्पर्क विहिन भएका शिक्षक ठगुन्नाको खोजी भईरहेको प्रहरीले जनाएको छ । अहिले होपरीगाड र दल्लेखबाट प्रहरीटोलीले शिक्षक ठगुन्नालाई खोज्न हिडेको प्रहरी निरीक्षक शाहीले बताए । आफु पनि जिल्लाबाट शिक्षक ठगुन्नालाई खोज्न गैरहेको उनले बताए । जिल्लाबाट (इक्सपेक्टर) शाही सहित १० जनाको टोली गएको छ । मंगलबार दिनभरी भूमिराज मावि विद्यालय बन्द गरेर शिक्षक, विद्यार्थी र स्थानीयले खोजी गरेपनि सम्पर्क विहिन भएका शिक्षक ठगुन्नालाई फेलापार्न नसकिएको बताइएको छ ।
