दार्चुला । सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दार्चुला जिल्ला अस्पताललाई सहयोग हस्तान्तरण गरेको छ। विहिबार एक कार्यक्रमको आयोजना गरी सामाजिक उत्तरदायित्व कार्यक्रम २०७८÷७९ अन्तर्गत बैक शाखा दार्चुलाले डिजिटल बोर्ड घडी हस्तान्तरण गरेको हो ।संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत डिजीटल स्कोलिङ बोर्ड हस्तान्तरण गरिएको बैक शाखा दार्चुलाका प्रबन्धक राकेश सिह बुढाथोकीले जानकारी दिए ।
यसै कार्यक्रम अन्तरर्गत अस्पतालमा रहेका २२ जना बिरामीहरूलाई फलफुल वितण समेत गरेको उनले बताए । जिल्ला अस्पताल दार्चुलाका व्यवस्थापन समिति अध्यक्ष दिपक राज जोशीको उपस्थितीमा डिजिटल बोर्ड घडी हस्तान्तरण तथा विरामीहरुलाई फलफुल विरतण गरिएको प्रबन्धक बुढाथोकीले जानकारी दिए । दार्चुलामा बैंकको शाखा स्थापना भए सँगै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत समुदायमा विभिन्न कार्यक्रम गदै आएको जनाएको छ ।
पछिल्लो समय संस्थागत सामाजिक उत्तरदायित्वलाई निकै प्राथमिकता दिँदै सनराइज बैंकले जिल्लाव्यापी रुपमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ। शिक्षा, स्वास्थ्य, बैंकिङ्ग साक्षरता, वातावरण संरक्षण लगायतका विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रमहरु भइरहेको बैंकले जनाएको छ। कार्यक्रममा बैकका कर्मचारी तथा अस्पतालका स्वास्थ्यकर्मी र संञ्चारर्मीहरुको सहभागिता रहेको थियो ।
