दार्चुला । दुहु गाउँपालिकामा निलम्बन गरिएका करार कर्मचारीहरुले गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाएका छन। शुक्रबार बसेको करार कर्मचारी हक हित मंचको बैठकको निर्णय अनुसार मंचले गाउँपालिका अध्यक्षलाई ज्ञापन बुझाएको हो ।
यशअघि जेठ १९ गते बसेको दुहु गाउँकार्यपालिकाको बैठकले करार कर्मचारीहरुको थप सम्झौता नगर्ने निर्णय गरेको थियो ।
आफुहरुले असल काम गर्दा गर्दै रास्ट्रसेवक कर्मचारीको बदनियत हुने ढंगले गाउँपालिकाले निर्णय गरेको प्रति मंचको ध्यानाकर्षण भएको ज्ञापनमा उल्लेख छ । कार्यपालिका बैठकले निर्णय गरेको भएपनी गाउँपालिका अध्यक्षले तत्काल कर्मचारीहरु कटौती गर्दा काममा निकै नै समस्या पर्ने भएको र जनतालाई सेवा प्रवाह गर्नमा कठिनाइ हुनुका साथै आफ्नै चुनावी नारा “सुखी र समृद्ध दुहु” निर्माणमा अप्ठ्यारो पर्ने भएको हुँदा विचार गरेर अगाडि बढ्ने आसय व्यक्त गरेको बुझिएको छ। कर्मचारी पदपूर्ति गर्न समय लाग्ने भएको र सेवा प्रवाहमा निकै नै चुनौती थपिने हुँदा यसतर्फ पालिकाले गम्भीर हुनु पर्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय