दार्चुला । जिल्लाको ब्याँस गाउँपालिका वडा नम्वर २ राप्ला बासीले गाउँपालिका अध्यक्ष मंलग सिह धामीलाई वुदागत माग सहित ज्ञापन पत्र वुझाएका छन ।
सोमवार राप्लावासीले अध्यक्ष धामीलाई आर्थिक वर्ष २०७८.०७९ को ससर्त अनुदान बाट सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत १७ जना ले पाउनु पर्ने पेश्की फर्चौट स्वरुप बाकी प्रति परिवार रु १७ हजार का दरले भुक्तानी नभएको, कोभिड १९ बाट प्रभावित ७ जना युवाहरुको १० हजार का दरले रकम भुक्तानी हुनु पर्नेमा कर्मचारी को लापरबाहीका कारण भुक्तानी नभएको ले सो ७ जना युवाहरूलाई तुरुन्त रकम भुक्तानी को ब्यवस्था मिलाउन, करार मा रहेका दुम्लिङ्ग स्वास्थ इकाइका कर्मचारी को म्याद नथपिदा स्वास्थ इकाई बन्द भएको ले छिटोभन्दा छिटो बैकल्पिक कर्मचारी को ब्यवस्था मिलाइदिन तथा श्री सर्बहित आधारभुत बिद्यालय को करार शिक्षक हरु को म्याद नथपिदा विद्यालय मा सिक्षक को बैकल्पिक ब्यवस्था गारिदिन तथा दुम्लिङ्ग मा मिनिग्रेड सोलार र दुम्लिङ्ग लघुजल विद्युतको को ब्यवस्था गरी सडक को पनि पहुँच समेत भएकोले कोल्ड स्टोर वा चिस्यान घर दुम्लिङ्ग मा नै हुनु पर्ने जस्ता मागहरु राखेका छन ।
त्यस्तै दुम्लीङमा नेपाल भारत जोड्ने अस्थायी काठेपुल को ब्यवस्था गरिदिन, गोठान जोड्ने झोलुङ्गे पुलको नाम फरक परेकाले सो झोलुङ्गे पुलको नाम सिसराती गोठान झोलुङ्गे पुल दुम्लिङ्ग नाम रहेको ले सो झोलुङ्गे पुल दुम्लिङ्ग मा हुनुपर्ने जस्ता माग सहित ज्ञापन पत्र बुझाइको छ । उत्त ज्ञापनपत्र व्यास गा.पा वडा नम्वर २ स्थित श्रि सर्वहित आधारभुत विद्यालयमा बुझाइएको हो। उक्त ज्ञापन पत्र वुझाउने कार्यक्रममा गापा अध्यक्ष, कार्यपालिका सदस्य ,स्वास्थ्य चौकी सुन्सेराका प्रमुख तथा अन्य कर्मचारी र स्थानीय को सहभागी रहेको ब्याँस संवाददाता मनिषा बिष्टले जानकारी दिए ।
