दार्चुला । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ३ मानाकोट बस्ने २० वर्षीया रोशनी महरा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सोमवार टाउँको दुख्यो भनेर सुतेकी महरालाई परिवारले मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । उनी विवाहित महिला हुन् । महरा केही समयदेखि माइती घरमा बस्दै आएकी थिइन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
