दार्चुला । जिल्लामा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियान सम्बन्धी अन्तरक्रिया तथा समन्वय बैठक सम्पन्न भएको छ । मंगलवार प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयको सभाहलमा सरोकारवालाहरु बिच अन्तरक्रिया गरिएको हो ।

दार्चुलामा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता स्थानिय तहहरुमा गएर अभियानको रुपमा सुरु हुने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तिर्थराज भट्टराईले बताए ।
जिल्लामा सुरु हुने अभियानमा सक्रियता पूर्वक आआफ्नो पालिकामा गएर फोटो खिचाउन र विवरण दिन महानिर्देशक भट्टराईले अनुरोध गरे । जसलाई ई पासपोर्ट आवश्यक छ त्यसलाई जिल्ला प्रशासनमा र जसलाई ईपासपोर्ट आवश्यक छैन् त्यसले पालिका वडामा आउने अभियानमा सहभागि हुन आग्रह गरे ।

यो कार्यक्रम नेपालका ७७ वटै जिल्ला प्रशासन कार्यालयहरु र ४२ वटा इलाका प्रशासन कार्यालय तथा अन्य २० इकाई स्थापना गरी नागरिकका विवरण कार्य भइरहेको बताइएको छ । हाल सम्म ८० लाख ७५ हजार ब्यक्तीका विवरणहरु प्राप्त गरि केन्द्रिय भण्डारणमा सुरक्षा गरी सकिएको बताए । हाल सम्म यो कार्यक्रम ३६ वटा जिल्लामा सम्पन्न भएको तथा १३ औ जिल्लाको रुपमा दार्चुलामा समेत यो अभियान सुरु भएको महानिर्देशक भट्टराईले बताए ।
राष्ट्रिय परिचयपत्र नागरिकता सरहको मान्यता प्राप्त हुने भएको हुँदा परिचयपत्र विवरण दर्ताका लागि आउने कर्मचारीहरुलाई नगरपालिका, गाउँपालिका र वडाहरुबाट पुर्ण रुपमा सहयोग हुने बताए । दार्चुलामा राष्ट्रिय परिचय पत्रका लागि झण्डै ९ हजार जनाको विवरण संकलन गरिएको छ ।
स्थापना कालदेखि हाल सम्म ९ हजार भन्दा बढि जनाको विवरण संकलन गरेको प्रशासनले जनाएको छ । विःस २०७७ साल भाद्र ८ गते देखि सुरु भएको यो कार्यक्रम हाल सम्म ९ हजार १ सय ७८ जनाको विवरण संकलन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवम सुचना अधिकारी हेमन्ती साउदले जानकारी दिए । हाल सम्म जिल्लाका दुई नगरपालिका तथा सात वटा गाउँपालिकाका ६ हजार ५ सय ५७ जना पुरुष तथा २ हजार ६सय २१ जना महिलागरी ९ हजार १ सय ७८ जनाको विवरण संकलन गरिएको साउदले बताए । कार्यक्रममा नौ वटै स्थानिय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृतहरु, समन्वय अधिकारी, प्रहरी प्रमुख र संचारकर्मीहरु लगाएतको उपस्थिती रहेको थियो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण बिभाग सिंहदरबार काठमाडौंको आयोजना र जिल्ला प्रशासन कार्यालय दार्चुलाको सह आयोजना रहेको थियो । राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियान केही दिनमा शुरु हुने छ र सो को शुरुवात जिल्ला सदरमुकाममा रहेको महाकाली नगरपालिाकाबाट शुरु हुने प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय