दार्चुला । द्धन्द्धकालमा बन्द रहेको खाद्य कार्यालय स्थापन हुने भएको छ । सदरमुकाम स्थित खलंगामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय र गोदाम पुनः स्थापित हुने लागेको कार्यालयले जनाएको छ ।
सनिवार उक्त कार्यालय उदघाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले गर्नु हुने कार्यक्रम तय भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।
२०६२/०६३ सालतिर तत्कालिन खाद्य संस्थानको कार्यालय बन्द भएको थियो । कार्यालय पुर्नस्थापनाका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका कार्यकारी अधिकृत मोहन प्रकाश चन्द, प्रदेश प्रमुख एन्जिला बस्नेत, बिभागीय प्रमुख भिमबहादुर थापा, मानव संसाधन बिभागका प्रमुख डिल्लीराज लम्साल र सम्पत्ती ब्यबस्थापन प्रमुख माधब अर्याल लगायतको टोली दार्चुला पुगेको शाखा प्रमुख राम सागर मेहताले बताए ।
सदरमुकाममा गोदाम राखिएपछि त्यसले आवश्यकता अनुसार डिपोहरुमा खाद्यान्न पु-याउने छ । लेकमको कुणी, रातामाटा, ब्याँसको तिंकर, नौगाडको नागु, अपिहिमालको घुसा र सितोलामा डिपो कार्यालय स्थापना हुने बताइएको छ ।
डिपोमार्फत सहुलियत दरमा खाद्यान्न बिक्री, वितरण हुनेछ । द्धन्द्धकालमा अधिकांस डिपोहरु बन्द भएका थिए ।
