दार्चुला । महाकाली नदि नियन्त्रण आयोजना कार्यालयमा बिप्लवले तालाबन्दी गरेको छ । नेपाल कम्युनिस्ट पाटी बिप्लवले राजेन्द्र निर्माण सेवाका संचालक भिम बहादुर साउदलाइ कार्वाहीको माग गर्दै अनिश्चितकालीन समयका लागि बुधबार दिउँसो तालाबन्दी गरेको हो ।
३ बर्ष अघि देखि महाकाली नगरपालिका १ र दुहु गापा को ३ मा पर्ने श्रीबगर क्षेत्रमा तटबन्ध निर्माणको काम अलपत्र पारी स्थानीय को उठिबास गरेको भन्दै तालाबन्दी गरेको नेपाल कम्युनिस्ट पाटी (बिप्लव) दार्चुला जिल्ला इन्चार्ज भरत मल्लले जानकारी दिए ।
