दार्चुला : सुनका गहना (रिङ) चोरेको आरोपमा दार्चुलामा संचालनमा रहेको एक जिपका सह–चालकलाई प्रहरीले आज पक्राउ गरेको छ । जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर २ सुण्डमुण्डबाट शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर बजार सम्म आइरहेको से १ ज ८३४ नम्बरको जिपका सह–चालक १९ वर्षिय बिनोद लुहारलाई ईलाका प्रहरी कार्यालय गोकुलेश्वरले अनुसन्धाका लागि सुनका बाली सहित पक्राउ गरेको जनाएको छ ।

शैल्यशिखर नगरपालिका वडा नम्बर ४ माथिल्लो काँडापारी बस्ने २३ वर्षिय उत्तर ठगुन्नाले झोलाबाट कानमा लगाउने सुनका बाली हराएको भनी प्रहरीलाई खोजविनका लागि खबर गरेका थिए । सोही आधारमा प्रहरीले उत्तर ठगुन्ना सवार उक्त से १ ज ८३४ नम्बर जिपका सह–चालक लुहारले शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा रहेको विष्ट होटलको सौचालय भित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त हराएको सुनका बाली सहित ति सह–चालकलाई अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ ।

ठगुन्नाले सुन हराएको बारे ईलाका प्रहरी कार्यालय गोकुलेश्वरमा खबर गरेको तथा प्रहरी निरिक्षक हिक्मत बहादुर थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले सुनका गहना सहित उक्त जिपका सह–चालक शैल्यशिखर नगरपालिका वडा नम्बर २ रौतेउडा बस्ने बिनोद लुहारलाई पक्राउ गरेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय