दार्चुला । जिल्लाको व्यासँ गाउँपालिकामा चरीबाघले एक ब्यवसायीको लाखौंको क्षेती गरेको छ ।
धर्म मानासिला कृषि तथा पुशपन्छी फर्मका संचालक राजेन्द्र बिस्टले पालेका ५७ वटा कालिज र ८५ वटा टर्की कुखुरा चरीबाघले मारेपछि फर्म संचालकलाई लाखौंको घाटा भएको हो ।
२०७७ साल असार १५ गते स्थापना गरेर पशुपक्षि व्यवसाय गदै आएका विष्टको फर्ममा भाद्र १७ गते राती चरिबाघले कालिज र टर्की मारेपछी लाखौंको नोक्सानी भएको छ।
अनुमानित २ लाख ३५ हजारको घाटा भएको संञ्चालक विष्टले बताए । स्थापना गर्ने बेला २३ लाख खर्च गरेर आफनै घरका दाजुभाइहरुले फर्म स्थापना गरेपनि अहिले एक्कासि चरिबाघले ठुलो संख्यामा कालिज र टर्की कुखुरा मारेपछि समस्या भएको बताए । पछिल्लो समय फर्म निर्माण गरी चितवनबाट चल्लाहरु ल्याउने तयारी भइरहेका बेला चरीबाघले कालिज र टर्की मारेपछि पशुपक्षि ब्यवसाय प्रती मन मरेको बिस्टले बताए । यो विषयमा अहिले अपि नाम्पा संरक्षण क्षेत्रमा सहयोगका लागि निवेदन दिएको बताए ।
