दार्चुला भदौ २२ । जिल्लाको दुहुँ र ब्याँस गाउँपालिकामा नेपाली सेनाको हेलिकप्टर मार्फत खाद्यान्न ढुवानी भएको छ । भदौ १३ गते राती आएको बाढी र पहिरोबाट पिडित बनेका दुहुँका नागरिक र माल घट्नापछि खाद्यान्न अभाव भएको ब्याँस–२ माल, कोठेरधार र खाङदाङका बस्तीका लागी नेपाली सेनाको एमआई सेभेन्टीन हेलिकप्टरले खाद्यान्न ढुवानी गरेको नेपाली सेनाको खलंगा स्थित गुरु गोरख गुल्मका गुल्मपति कृष्ण चन्द्र ठकुल्लाले जानकारी दिए ।
हेलिकप्टरले ब्याँसको माल, कोठेधार र खाङदाङ बस्तीका लागी ५० क्वीन्टल चामल र दुहुँका गाउँपालिकाका बाढी र पहिरो पिडित परिवारका लागी १ सय क्वीन्टल चामल, ३ क्वीन्टल दाल, तेल र नून, ३ हजार ५ सय मिटर खानेपानीको पाइप ढुवानी गरेको उनले बताए । ब्याँसमा ढुवानी गरिएको चामल त्याहाका ८२ परिवारलाई वितरण गरिएको ब्याँस गाउँपालिकाका अध्यक्ष दिलिप सिंह बुढाथोकीले जानकारी दिए ।
नेपाल खाद्य संस्थानको अरुवा मोटो चामल स्थानियलाई वितरण गरेको अध्यक्ष बुढाथोकीले बताए । जिल्लाको दुहुँ र ब्याँस गाउँपालिकामा खाद्यान्न ढुवानीका लागी नेपाल सरकार गृह मन्त्रालयले नेपाली सेना संग समन्वय गरी हेलिकप्टर दार्चुला पठाएको थियो । बाढी र पहिरोले दुहुँ र ब्याँस क्षेत्रलाई जोड्ने सडक भत्काएपछि खाद्यान्न हेलिकप्टर मार्फत ढुवानी गरिएको नेपाली सेनाले जनाएको छ ।
माल घट्ना पछि महाकाली नदी माथी लगाइएका तुइन भारतीय एसएसबीले काटिदिएपछि ब्याँसमा खाद्यान्न अभाव भएको स्थानिय हरक सिंह कार्कीले जानकारी दिए । माल घट्नामा एसएसबीले तुइन काटिदिदा सोही ठाउँका ३३ वर्षीय युवक जयसिंह धामी महाकालीमा बेपत्ता भएका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs