दार्चुला । नेपाली सेनाले रिक्त रहेको सैन्य पदमा खुल्ला तथा समावेशी पतिस्पर्धाबाट पदपूर्तिका लागि ४ हजार संख्यामा सैन्य पदको दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको कार्यरथी विभाग जंगी अड्डाद्धारा जारी गरेको सुचना अनुसार खुल्ला र समावेशी गरि ४ हजार सैन्य पदको लागि दरखास्त आह्वान गरकोे हो ।
नेपाली सेनाले देशभरी रहेका विभिन्न २८ भर्ना केन्द्रबाट सैन्य पदको दरखास्त माग गरेको छ । जसमा दार्चुला सदरमुकाम खलंगामा रहेको गुरु गोरख गुल्ममा ५० जना सैन्य पदका लागि दरखास्त आह्वान गरेको नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको कार्यरथी विभाग जंगी अड्डाले जनाएको छ ।
आज प्रकासित गरेको सुचना अनुसार गुरु गोरख गुल्म दार्चुलामा खुलातर्फ २६ जना,सैनिक तालिम वा कर्तव्य पालनाको क्रममा शारीरिक रुपमा असाह्य मृत्यु भएका नेपाली सैनिकका सन्ततीतर्फ २ जनाको सैन्य भर्ना लागि दरखास्त आह्वान गरिएको छ । समावेशी तर्फ महिलातर्फ ५ जना, आदिवासी जनजातीतर्फ ७ जना,मधेशीतर्फ ६ जना,दलित समुदायतर्फ ३ जना र पिछिडिएको क्षेत्रतर्फ १ जनाको दरखास्त आह्वान गरिएको छ ।
जारी सुचानामा दरखास्त पेस गर्ने अन्तिम मिति असोज २३ गते सम्म तोकिएको छ भने दोब्बर दस्तुर तिरी असोज २४ गते देखि असोज ३० गते सम्म दरखास्त पेस गर्न सकिने जनाएको छ । दरखास्त दिने व्यक्तिको उमेर १८ वर्ष पुरा भई २२ वर्ष ननाघेको कम्तिमा ८ कक्षा उत्तिर्ण भएको हुनुपर्ने सुचनामा उल्लेख गरिएको छ ।
