दार्चुला । शुक्रबार रातिको अविरल बर्षाका कारण सडक संञ्जाल अवरुद्ध भएपछि नौगाड गाउँपालिकाका बाढी पहिरो पिडितहरुलाई हेलीकप्टरबाट आवश्यक सामग्री ढुवानी भैरहेको छ । आईतबार नेपाली सेनाको हेलीकप्टर मार्फत लत्ताकपडा, ठुलो टेन्ट लगायत राहत सामग्री र सदरमुकाममा रहेको खाद्य डिपो बाट खाद्यन्नका सामग्रीहरु नौगाड लिफ्ट गर्ने तयारी भईरहेको सुरक्षा निकायले वताएको छ ।
