दार्चुला । महाकाली नगरपालिका–१ लास्कुका धनसिंह कार्कीको परिवार लास्कु खोलामा बिलाए भएका छन । महाकाली नगरपालिका–३ डुङ्ग्रीमा खुद्रा पसल संचालन गर्दै आईरहेका कार्की परिवार शुक्रबार राति खोेलामा आएको अबिरल बर्षा सँगैको बाढी पहिरोका कारण बिलाए भएका छन ।

कार्कीको घरमा श्रीमती मानमती र छोराहरू दीपक र दिनेशसँगै सँगै बस्थे। शुक्रबार रातिदेखिको अविरल वर्षापछि लास्कु खोलामा आएको बाढीले उनीहरूको घर बगायो। सँगै धनसिंहको परिवारै बाढीमा बिलाएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार मानमतीको शव नमस्कार मन्दिरको महाकाली नदि छेउमा भेटिएको छ । उनका श्रीमान् धनसिंह र छोराहरू दिनेश र दीपक अझै बेपत्ता छन्। उनीहरूको अवस्था अज्ञात रहेको बुझिएको छ ।

बेपत्ता रहेका उनीहरू सकुशल मिल्ने आशा स्थानीयले मारी सकेका छन्। स्थानिय र नेपाल प्रहरीले ‘खोजीकार्य गरीरहेको छ । धनसिंहको घर रहेको क्षेत्र बगरमा परिणत भएको छ। अविरल वर्षासँगै आएको बाढी र पहिरोले दार्चुला महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ठूलो क्षति गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय