दार्चुला । शुक्रबार रातिको अबिरल बर्षा सँगै लास्कु खोला र महाकाली नदिमा आएको बिनाशकारी बाढी र पहिरोका कारण विस्थापित घरपरिवारलाई केयर नेपालको आर्थिक सहयोगमा सामुदायिक ग्रामिण बिकाश समाज नेपालले राहत बितरण गरेको छ ।
बड्गावगर क्षेत्रका प्रभावित २० घरपरिवारलाई राहत स्वरुप खाद्यन्न बितरण गरिएको सामुदायिक ग्रामिण बिकाश समाज नेपाल दार्चुलाका टिम लिडर अशोक ओझाले जानकारी दिए । चावल, पिठो, तेल, नुन वितरण गरिएको छ ।
नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडू, सुदूरपश्चिम प्रदेशका उद्योग, वन तथा वातावरण मन्त्री मानबहादुर धामी, प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय लगायतको उपस्थितिमा राहत बितरण कार्यक्रम गरिएको थियो ।
