दार्चुला : शुक्रबार राती वर्षा संग आएको बाढी र पहिरोले अबरुद्ध भएको खलंगा खानेपानी आजबाट सुचारु भएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणबाट खटिएको सशस्त्र प्रहरीको टोलीले पाइप जडान गरेपछि खानेपानी पुनः सुचारु भएको हो । लास्कु खोलामा आएको पहिरो सहितको बाढीले महाकाली नगरपालिका–३ गाराकु मुलबाट तानिएका पाइप लाइनहरु चुडिएर सदरमुकाम खलंगामा खानेपानी अबरुद्ध भएको थियो ।

लगातार तिन दिन सम्म धारामा खानेपानी नआएपछि खलंगामा खानेपानीको हाहाकार भएको थियो । खानेपानीको पाइप चुडिएको ठाउँ महाकाली नगरपालिका–३ मालुबेलामा सशस्त्र प्रहरीले पाइप जडान गरी खानेपानी सुचारु गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाका निमित्त गणपति विरसिंह धामीले जानकारी दिनुभयो । आजबाट धारामा खानेपानी आउने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय