दार्चुला । भाद्र २४ गते रातिको अबिरल बर्षा सँगै आएको बिनासकारी बाढी र पहिरोका कारण दार्चुला सदरमुकाम खलंगामा डेरागरी भाडामा बसेका बाढीपहिरो पिडितहरुको विचल्ली भएको छ । सुक्रबार राति लास्कु खोलामा आएको बाढी र पहिरोका कारण जिल्ला सदरमुकाम खलंगाको बंगावगर क्षेत्रका दर्जन बढी घरहरु पुर्ण रुपमा क्षति भएका थिए ।

जिल्लाका बिभिन्न स्थानिय तहबाट कामको सिलसिलामा सदरमुकाम खलंगामा डेरा गरि बस्दै आएका बाढी पहिरो पिडितहरुले अहिले सम्म कुनै पनि निकायबाट राहत पाउन सकेका छैनन । स्थानिय सरकार महाकाली नगरपालिका, जिल्ला रेडक्रस, सिआरडिएस नेपाल लगायतका विभिन्न संघ संस्थाहरुले घर क्षति भएका बाढी पहिरो पिडितहरुलाई राहत स्वरुप खाद्यन्नको ब्यवस्थापन गरेको भएपनि आफुहरुले कुनै निकायबाट पनि केहि सहयोग नपाएको बंगावगर स्थित दशरथ आवि नजिक डेरा गरी वस्दै आएका बाढी पहिरो पिडित करन सिह महराले जानकारी दिए ।

बाढी आएको जानकारी हुन साथ आफुहरुपनि कोठामा भएको कुनै पनि सरसमान बाहिर ननिकालिकन भागेको र सबै सामान बाढी पहिरोमा परी बेपत्ता भएको महराले जानकारी दिए । खाना पकाउने ग्यास, चुलो, खाद्यन्न, लत्ताकपडा, र भाडाकुँडाका साथै नगद केहि पैसा र सुनका गरगहना बाडीमा परि विलय भएको भए पनि जुनैसुकै निकायको राहत प्याकेज घरधनीले मात्रै पाएको र आफुहरुले केहि नपाएको गुनासो गरे ।

यता यस बिषयमा स्थानिय सरकार महाकाली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरबहादुर ठगुन्नालाई सम्पर्क गरी बुझ्दा डेरा गरी बस्ने बाढी पहिरो पिडितहरुलाई १० किलो चावल, २ किलो दाल, १ किलो नुन लगायत आवश्यक राहत बितरण गर्ने प्रयास गरेको भएपनि वास्तविक पिडित भन्दा पनि अन्य स्थानियहरु आएर राहत सामग्री बुझेको स्थानियको गुनासो आउन थालेपछि स्थगित गरिएको उनले बताए ।

अव प्रत्येक बाढी पहिरो पिडितहरुको घरमा गएर घरधनिहरु सँगै वास्तविक तथ्याङक संकलन गरेर उनीहरुको कोठा ब्यवस्थापन गर्नका निमित्त आवश्यक पर्ने रकम कार्यपालिकाबाट ब्यवस्थापन हुने र लगत्तै उनीहरुले पनि राहत पाउने बिश्वास दिलाए । डाटा संकलनको कार्य जिल्ला प्रहरी कार्यालय मार्फत भइरहेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय