दार्चुला । सनिवार राती १२ बजे नौगाड ४ मा भएको जिप दुर्घटनामा परि एक जना गम्भीर घाइते भएका छन । त्यस्तै अन्य ३ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । नौगाड गाउँपालिका वडा नम्बर ४ सिप्टिबाट होपरीका लागि छुटेको धन सिंह धामिको से. १ ज. १०७८ नम्बरको जिप मल्ला मट्टे भन्ने ठाउँमा दुर्घटना भएको हो । सडकबाट करिब ३०० मिटर तल खस्दा ३० वार्षिय चालक धन सिंह धामि गम्भीर घाइते भएका छन । त्यस्तै २५ वार्षिय सियृ ठगुन्ना, २७ वार्षिय कम्लेस टमटा र २० वार्षिय धनबिर टमटा सामान्य घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको उपचार गोकुलेश्वर अस्पतालमा भइरहेको छ ।
