दार्चुला । महाकाली नगरपालिकाले आइतबार लास्कु खोलाका बाढी पीडित ३० परिवारलाई राहत रकम वितरण गरेको छ । महाकाली नगरपालिकाको स्थानीय विपद् व्यवस्थापन समिति अध्यक्ष, नगरप्रमुख नरसिंह चैसीरको अध्यक्षता एबं पूर्वमन्त्री गणेशसिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा राहत वितरण गरिएको महाकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले जानकारी दिए । नगरपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिको तर्फबाट मृतक चार जनाको परिवारलाई एक लाखका दरले, पूर्ण रुपमा घर क्षति भएका १६ जनालाई ५० हजारका दरले र उच्च जोखिममा रहेका १० जनालाई १५ हजारका दरले  राहत रकम वितरण गरिएको हो । बाढी पीडित सबैलाई राहत रकम वितरण गर्ने गरी नगरपालिकाले तयारी थालेको छ । भोलि पनि कार्यालय खुला रहने र तथ्यांक रुजु गरेर छिट्टै बाँकी पीडितलाई राहत रकम वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत ठगुन्नाले बताए ।

बाढीका कारण मृतकको परिवारलाई प्रति मृतक एक लाखका दरले नगरपालिकाको तर्फबाट राहत उपलब्ध गराउने यसअघि नै निर्णय गरेको थियो । यस्तै पूर्ण रुपमा घर क्षति भएको परिवारलाई प्रति परिवार ५० हजार र जोखिममा रहेका घरपरिवारलाई १५ हजार रुपियाँ राहत रकम उपलब्ध गराउने निर्णय गरिएको थियो । सोहि निर्णय अनुसार पीडितलाई राहत वितरण गरिएको नगरपालिकाले जनाएको छ । जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष एबं प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको विशिष्ट आतिथ्यता रहेको राहत वितरण कार्यक्रममा जिल्लास्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्टिय अनुसन्धानका प्रहरी नायव उपरीक्षक, रेडक्रस प्रतिनिधि, कर्मचारी, पीडितहरु र सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय