
दार्चुला भदौ २४। दार्चुलामा नेपाली कांग्रेसको १४ औँ महाधिबेशन स्वरुप वडा अधिबेशन सम्पन्न भएको छ। जिल्लाका २ नगरपालिका र ७ गाउँपालिका गरी ६१ वटै वडाहरुमा मंगलबार र बुधबार गरी वडा अधिबेशन सम्पन्न भएको कांग्रेस पार्टी कार्यालय दार्चुलाले जनाएको छ । जिल्लाका ६० ओटा वडाहरुमा सर्वसम्मत वाटै नेतुत्व चयन भएको छ भने १ मात्र वडामा चुनाववाट वडा समितिको टुंगो लगाएको जनाईएको छ । लेकम गाउँपालिकाको वडा नम्बर ४ मा निर्वाचनवाट वडा समितिको टुंगो लागेको छ । लेकम गाउँपालिका वडा नम्बर ४ मा निर्वाचनबाट वडा सभापतिमा खेमराज गिरी निर्वाचित भएका छन् ।
त्यस्तै शैल्यशिखर नगरपालिका वडा नम्बर ९ मा वडा समितिको टुंगो सहमतीबाटै भएपनी प्रदेश प्रतिनिधि छनौट कार्य भने निर्वाचनबाट गरिएको कांग्रेस नेता एवं महासमिति सदस्य बिक्रम सिंह धामीले जानकारी दिए । सबैलाई समेट्ने गरी वडा समिति घोषणा गरिएको उनको दावी छ ।
जिल्लाका ६१ मध्ये एउटा वडामा महिला र एउटा वडामा दलितको प्रतिनिधित्व हुने गरी वडा सभापति चयन गरिएको छ । वडा सभापतिको पदमा मार्मा गाउँपालिका वडा नम्बर ६ बाट भागरथी कोट्टारीलाई चयन गरिएको छ । त्यस्तै शैल्यशिखर नगरपालिका वडा नम्बर ४ मा लालुराम महरलाई वडा सभापति चयन गरिएको बताइएको छ । त्यस्तै ब्याँस गाउँपालिका वडा नम्बर १ र २ मा जनजातिबाट वडा सभापति बनाइएको छ । वडा नम्बर १ मा तेजबहादुर तिंकरी र वडा नम्बर २ मा जीवन बुढाथोकी वडा सपभाति मा चयन हुनुभएको छ ।
ब्याँस गाउँपालिका वडा नम्बर ३ मा कम्मानसिंह डडाल, वडा नम्बर ४ मा दिलिपसिंह धामी, वडा नम्बर ५ मा नरसिंह धामी र वडा नम्बर ६ मा जयादत्त भट्ट वडा सभापति भएका छन् । त्यस्तै दुहूँ गाउँपालिका वडा नम्बर १ मा बिशन सिंह बोहरा, वडा नम्बर २ मा अम्भादत्त जोशी, वडा नम्बर ३ मा जनकराज जोशी, वडा नम्बर ४ मा प्रेमसिंह कार्की र वडा नम्बर ५ मा धनसिंह कुवँर वडा सभापति बनेका छन् । लेकम गाउँपालिका वडा नम्बर १ मा दिपकसिंह साउँद, वडा नम्बर २ मा केशवराज जोशी, वडा नम्बर ३ मा तारा भण्डारी, वडा नम्बर ५ मा नारदसिंह बोहरा र वडा नम्बर ६ मा सिताराम साउँद वडा सभापति भएका छन् ।
त्यस्तै मालिकार्जुन गाउँपालिका वडा नम्बर १ को वडा सभापतिमा तारादत्त जोशी, वडा नम्बर २ मा भानसिंह धामी, वडा नम्बर ३ मा भुपेन्द्र सिंह धामी, वडा नम्बर ४ मा कृष्णसिंह धामी ,वडा नम्बर ५ मा तर्कराज ओझा ,वडा नम्बर ६ मा गोकर्णसिंह धामी, वडा नम्बर ७ मा बिरेन्द्रबहादुर चन्द र वडा नम्बर ८ मा विष्णुदत्त पन्त सभापति बनेका छन् ।
नौगाड गाउँपालिका वडा नम्बर १ मा नन्दनसिंह डडाल, वडा नम्बर २ मा केशव सिंह ठगुन्ना, वडा नम्बर ३ मा बीरसिंह ठगुन्ना, वडा नम्बर ४ मा कालु महता, वडा नम्बर ५ मा उदयसिंह ठगुन्ना र वडा नम्बर ६ मा बहादुर सिंह ठगुन्ना वडा सभापति भएको कांग्रेस सभापति ललित सिह बोहराले जानकारी दिए । मार्मा गाउँपालिका वडा नम्बर १ मा देवसिंह ठगुन्ना, वडा नम्बर २ मा उमेश बहादुर सिंह, वडा नम्बर ३ मा केशव सिंह बिष्ट, वडा नम्बर ४ मा शेरे बिष्ट, वडा नम्बर ५ मा उदयसिंह ठगुन्ना वडा सभापति भएका छन् ।
त्यस्तै शैल्यशिखर नगरपालिका वडा नम्बर १ मा प्रकाश भट्ट, वडा नम्बर २ मा कृष्णबहादुर पाल, वडा नम्बर ३ मा रामसिंह गोयला, वडा नम्बर ५ मा मदन सिंह डाँगा, वडा नम्बर ६ मा राजेन्द्र सिंह धामी, वडा नम्बर ७ मा कमलापती जोशी, वडा नम्बर ८ मा नरेशदत्त जोशी र वडा नम्बर ९ मा रामकृष्ण बिष्ट वडा सभापति हुनुभएको छ ।
महाकाली नगरपालिका वडा नम्बर १ मा धनसिंह कार्की, वडा नम्बर २ मा इन्द्रराज भट्ट, वडा नम्बर ३ मा कल्यानसिंह महरा, वडा नम्बर ४ मा बीरदवे भट्ट, वडा नम्बर ५ मा भुपेन्द्र अवस्थी, वडा नम्बर ६ मा प्रेमबहादुर पाल, वडा नम्बर ७ मा लक्ष्मण सिंह डागा, वडा नम्बर ८ मा अकबरसिंह धामी र वडा नम्बर ९ मा गजेन्द्र सिंह कार्की सभापतिमा चयन हुनुभएको छ । त्यस्तै अपिहिमाल गाउँपालिका वडा नम्बर १ मा चिमडे जागरी, वडा नम्बर २ मा चन्द्र कार्की, वडा नम्बर ३ मा तारा कार्की र वडा नम्बर ४ मा मंगल रोकाया चयन हुनुभएको छ ।