दार्चुला । सनिवार राती नौगाडमा भएको जिप दुर्घटनाका घाइते धनबहादुर धामीको मृत्यु भएको छ । नौगाड गाउँपालिका वडा नं ४ स्थित खुट्किलगाडा भन्ने ठाउँमा जिप भिर बाट ३ सय मिटर तल खसी धामी सहित अन्य ३ जना घाइते भएका थिए । गम्भीर घाइते धामीको उपचारको क्रममा गोकुलेश्वर बाट धनगढी निसर्ग र चितवन  हुँदै  काठमाडौं टिचिङ अस्पताल  नपुग्दै मंगलबार बाटोमै  मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । नौगाड गाउपालिका ४ सिप्टिबाट होपरीका लागि छुटेको धन सिंह धामिको से. १ ज. १०७८ नम्बरको जिप दुर्घटनामा परेको थियो । सोही दुर्घटनामा २५ वार्षिय सियृ ठगुन्ना, २७ वार्षिय कम्लेस टमटा र २० वार्षिय धनबिर टमटा सामान्य घाइते भएका थिए । धामी जिप ब्यवसायी र चाकल पनि आफै हुन्न । तस्बिर: सामाजिक संजाल 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय