दार्चुला । गत भाद्र २४ गते रातिको अबिरल बर्षा सँगै आएको बिनासकारी बाढी र पहीरोमा परि वेपत्ता भएका एक जनाको शव फेला परेको छ ।
महाकाली नगरपालिका वडा नम्वर ४ लास्कु खोलामा घर भएका अन्दाजी ४५ बर्षिय मोहन लुहार (बिजय) को शव मंगलबार दिउँसो खेट्टेखोला नजिक महाकाली नदि किनारमा भेट्टिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी एवम प्रहरी निरिक्षक जगत गाहाँ मगरले जानकारी दिए । शवको पोष्टमार्टम पश्चात घरपरिवारले बुझी अन्त्येष्टि गरिसकेको छ ।
बाढीमा परि मृत्यु हुनेको संख्या यो संगै ६ पुगेको छ भने अझै ९ जना वेपत्ता रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय