दार्चुला । आगामी मंसिर ४ गते हुन लागेको संघ र प्रदेशको निर्वाचनका लागि म्यादी प्रहरी बन्न दार्चुलामा १८ सय ९ जनाले आवेदन दिएका छन् ।
भाद्र ३० गते देखी असोज ६ गते सम्म ४ सय ७९ जना महिला र १३ सय ३० पुरुष गरी १८ सय ९ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी एवम प्रहरी निरिक्षक जगत गाहाँ मगरले जानकारी दिए ।
म्यादी प्रहरीले नेपाल प्रहरीको मातहतमा रही ४० दिन खटिनेछन् । छनौट समितिले आवेदनहरुबाट योग्य व्यक्ति छानेपछि केही दिन तालिम दिइनेछ । त्यसपछि उनीहरुलाई काममा खटाइनेछ ।
जिल्लामा कति जनाको कोटा हो भन्ने बारे अहिले सम्म जानकारी नआएको सुचना अधिकारी मगरले जानकारी दिए । म्यादी प्रहरी छनौटका लागि यहि असोज ९ गतेबाट सुरु गरिने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाइएको छ ।
म्यादी प्रहरीमा भर्ना हुनका लागि नेपाली नागरिक हुनुपर्ने, फौजदारी अभियोग लागेको नहुनुपर्ने, कुनै राजनीतिक दलको सदस्य हुनु नहुने, शारीरिक र मानसिकरुपले तन्दुरुस्त हुनुपर्ने लगायतका मापदण्ड राखिएका छन् । बिज्ञापन

