दार्चुला । प्रदेश कार्यालय तथा स्थानीय तहको २०७८/०७९ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
<span;> समिक्षा कार्यक्रममा प्रदेश कार्यालय, जिल्ला समन्वय समिति सहित जिल्लाका ९ वटै स्थानीय तहले २०७८/०७९ मा आफुले गरेका नीति तथा कार्य प्रगती प्रस्तुत गरेका थिए ।
<span;>गाउँपालिका तथा नगरपालिकाहरुले आ-आफना प्रत्येक वडा कार्यालयहरुमा संञ्चार तथा इन्टरनेट सेवा अभावका कारण कार्यालय व्यवस्थापनमा कठीनाई भएको जनाएका छन । यस्तै कार्यक्रममा प्रदेश मातहत रहेका कार्यालयहरुले समेत आ-आफनो कार्य प्रगती प्रस्तुत गरेको जिल्ला समन्वय अधिकारी नर बहादुर ठगुन्नाले जानकारी दिए । समिक्षा कार्यक्रममा स्थानीय तहले स्थानीयवासीलाई रोजगारी देखि स्वास्थ्य सेवा सुधारलाई प्राथमिकता राखेर पछिल्ला वर्षमा स्थानीय तहले आफ्ना नीति तथा कार्यक्रमहरु अगाडी बढाएको देखिएको छ ।
<span;>पालिकाहरुले मुख्य गरी अहिले पशु , कृषि , स्वास्थ्य , खानेपानी , रोजगारी तथा सिँचाइलाई समेत मुख्य प्राथमिकता राखेर काम गरिरहेको पाइएको छ । यस्तै पालिकाहरुले सुरक्षित सुत्केरी , गर्भवतीलाइ पोषण तथा शिक्षा क्षेत्रको सुधारका लागि पुर्वधारका कार्यक्रमहरु समेत प्राथमिकतामा राखेर काम गरेको बताएका छन् ।छोरी सुरक्षा जीवन भरीको कार्यक्रमलाई मुख्य प्राथमिकता दिएर काम गरेको समेत पाइएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम र मुख्यमन्त्री रोजगार कार्यक्रम मार्फत वेरोजगार जनशक्तिलाई रोजगारी दिएको समेत स्थानीय सरकारले जानकारी दिएका छन ।
<span;>यस्तै कार्यक्रममा प्रदेश सरकार मातहत रहेका स्वास्थ्य कार्यालय, सिचाई, डिभिजन बन, भेटेरिनरी कार्यालय लगायत अन्य प्रदेश मातहतका कार्यालयहरुले समेत प्रदेश कार्यालय तथा स्थानीय तहको वार्षिक समिक्षा कार्यक्रममा आफुले गरेका कामहरुको बारेमा जानकारी गराएका छन । <span;>शुक्रबार जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेव बडू (कस्यप) को अध्यक्षतामा समिक्षा कार्यक्रम गरिएको हो । समिक्षा कार्यक्रममा जिल्लास्थित प्रदेश कार्यालयका प्रमुख एवम स्थानीय तहका जनप्रतिनिधहरु र प्रमुख प्रशासकीय अधिकृतहरुको उपस्थिति रहेको थियो ।
