दार्चुला । दोस्रो जिल्ला सभा सम्पन्न भएको छ । शनिबार जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेब बडु (कश्यप) को अध्यक्षतामा दोस्रो जिल्ला सभा सम्पन्न भएको हो।  जिल्ला सभाबाट भाद्र २४ गते अविरल वर्षा संगै आएको बाढी पहिरोबाट प्रभावित पीडितलाइ  तिन वटै सरकारले यथाशिघ्र राहत वितरण लगायत पुन:स्थापनाका लागि जोड दिनुपर्ने निष्कर्श निकालेको छ । त्यस्तै दार्चुला तिंकर सडक निर्माण कार्य ढिलाई भइरहेकोले तिव्र निर्माणका लागि सम्बन्धीत निकायलाई अनुरोध गर्दै नेपाल सरकारलाई तादरुकता देखाउनअनुरोध गर्ने निर्णय गरिएको जिल्ला समन्वय अधिकारी नरबहादुर ठगुन्नाले जानकारी दिए ।

त्यस्तै नौगाड गाउँपालिकाको होपरीगाड वारिपारीको बस्ती उच्च जोखिममा रहेकोले नौगाड चमेलिया तटबन्धनको कार्य  यथाशीघ्र निर्माण गर्न अनुरोध गर्ने लगाएत जिल्ला समन्वय समितिको वार्षिक बजेट स्विकृत गरिएको जिल्ला समन्वय अधिकारी ठगुन्नाले बताए । जिल्ला सभामा मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामी, लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशी, नौगाड गाउँपालिका अध्यक्ष दलजितसिह धामी, दुहु गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर सिह बडाल,व्यास गाउँपालिका उपाध्यक्ष विनोदसिह कुवर, शैल्यशिखर नगरपालिका प्रमुख विजयसिह धामी र महाकाली नगरपालिका प्रमुख नरसिह चैसिरले आ-आफ्ना धारणा राखेका थिए । जिल्ला सभामा जिल्ला समन्वय समिति उपप्रमुख अमरसिह ठगुन्ना ९ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख लगायत जिल्ला समन्वय समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय