दार्चुला । अगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभा निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासनले इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ ।
निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय दार्चुलाले जिल्लाभित्रै इजाजत प्राप्त गरी विभिन्न व्यक्तिको नाममा रहेका हातहतियार बुझाउन आग्रह गरेको हो ।
प्रशासनले विहिबार एक सार्बजनिक सुचना जारी गदै कार्तिक १५ गते भित्रमा सबैले आफूसँग भएका हातहतियार बुझाउन आग्रह गरेको साहयक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले बताए । सो हातहतियार निर्वाचन सम्पन्न भए पश्चात सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरिने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
