दार्चुला : जिल्ला अस्पताल दार्चुलाका एक चिकित्सक माथी दुव्र्यवहार गर्ने एक जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको महाकाली नगरपालिका–५ का ३० वर्षिय प्रेम सिंह धामीलाई जिल्ला अस्पतालमा कार्यरत डा.जफर अन्सारी माथी दुव्र्यवहार गरेको आरोपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरिक्षक राजेश शाहीले जानकारी दिनुभयो ।
ति युवक मदिरा सेवन गरी आज दिउसो तिर जिल्ला अस्पतालमा पसेको तथा डाक्टरले मदिरा सेवन गरेर अस्पतालमा नआउन आग्रह गर्दा दुव्र्यवहार गरेको बताइएको छ । चिकित्सक माथी दुव्र्यवहार गर्ने धामीलाई नियन्त्रण लिइ घट्ना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
