दार्चुला । नेपाल रेडक्रस सोसाईटी दार्चुला शाखाले बाढिपहिरो पिडितलाई राहत रकम उपलब्ध गराएको छ । भाद्र २४ गतेको बाढिपहिरोबाट महाकाली नगरपालिका वडानम्बर १,२,३ र ४ मा पुर्ण घर क्षति भएका घरपरिवारलाई नगद राहत रकम वितरण गरेको नेपाल रेडक्रस सोसाईटी दार्चुला जिल्ला शाखा मन्त्री दिपकप्रसाद अवस्थीले जानकारी दिए  ।
बाढिपहिरोबाट पुर्ण घर क्षति भएका ६७ घरपरिवारलाई ४ हजार ७ सय का दरले नगद राहत वितरण गरेको नेपाल रेडक्रस सोसाइटी दार्चुला शाखाका मन्त्री अवस्थीले बताए ।
महाकाली नगरपालिका वडानम्बर ४ का १९ पिडित परिवारलाई राष्ट्रिय वाणिज्य बैंक शाखा दार्चुलामार्फत राहत उपलब्ध गराइएको छ भने वडानम्बर १, २ र ३ का बाढिपहिरो पिडित परिवारलाई नगद वितरण गरीएको छ ।
महाकाली नगरपालिकाका उपप्रमुख दुर्गाकुमारी खत्री विष्ट, प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दार्चुलाका सभापतीले बाढिपिडित परिवारलाई राहत रकम हस्तान्तरण गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय  दार्चुलामा एक कार्यक्रमका विच राहत वितरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष दिर्घराज उपाध्यायको अध्यक्षता गरिएको राहत वितरण हो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दार्चुलालाई अमेरिकन रेडक्रसले सहयोग गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय