दार्चुला । निर्वाचनमा मिडिया र पत्रकारको भुमिका सम्बन्धी एकदिने अन्तक्रिया कार्यक्रम सम्पन्न छ । निर्वाचन कार्यालय दार्चुलाको आयोजनामा जिल्लामा क्रियाशिल पत्रकारहरुसंग निर्वाचनमा मिडिया र पत्रकारहरुको भुमिका सम्बन्धी एकदिने अन्तक्रिया कार्यक्रम संचालन गरिएको हो । भावना सभाहलमा संचालन गरिएको अन्तक्रिया कार्यक्रममा निर्वाचन कार्यालय दार्चुलाका प्रमुख प्रदिपसिह धामीले निर्वाचनमा संचारमाध्यमको भुमिकाबारे जानकारी गराएका थिए ।

निर्वाचनमा प्रधानमन्त्री, मन्त्री, जनप्रतिति,राजनितिक  दल,उम्मेदवार,शिक्षक,कर्मचारी,सुरक्षाकर्मी लगायत पत्रकारको भुमिका र आचारसंहिताबारे जानकारी गराएका थिए । त्यस्तै उहाँले उम्मेदवारी दर्ता देखि निर्वाचन सम्पन्न हुँदा सम्म सरोकारवाला पक्षले खेल्नु पर्ने भुमिका बरे अन्तक्रिया  गरिएको हो । मंसिर ३ गते अर्थात निर्वाचन हुनु भन्दा एक दिन अगाडी सम्म १८ वर्ष पुरा भई मतदाता नामावलीमा नाम भएका मतदाताले मतदान गर्न पाइने व्यवस्था रहेको बताएका छन् ।

त्यस्तै नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष लक्ष्मणसिह धामी निर्वाचनमा मिडिया र पत्रकारहरुको भुमिकाबारे जानकारी गराएका थिए । नेपाल पत्रकार महासंघ दार्चुला अध्यक्ष धामीले निर्वाचनका विषयमा स्वच्छ रिपोर्टिङ कसरी गर्ने, निर्वाचनका विषयसँग जोडिएका समाचार स्रोतहरु, निर्वाचनका सरोकारवाला पक्ष, निर्वाचन कस्तो हुनुपर्छ, मतदाता र मतदान, मतदान पूर्वका गतिविधि, निर्वाचनको दिनका गतिविधि र मतदानपश्चातका क्रियाकलापहरुमा गर्ने रिर्पोटिङका वारेमा सहभागी संचारकर्मीहरुलाई जानकारी गराउनु भएको थियो । त्यस्तै उहाँले निर्वाचनको बेला मिडियाको समाचारको जोखिम, निर्वाचनमा मिडिया र पत्रकारले गर्न नहुने कार्य, मिडिया र पत्रकारले बिर्सन नहुने विषय, समाचारको भाषाशेैली र  निर्वाचन आचरसंहिता–२०७९ बारे  समेत प्रष्ट पारेका थिए ।

अन्य कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ दार्चुला अध्यक्ष लक्ष्मणसिह धामीले पेशागत मर्यादामा रहेर मात्रै रिर्पोटिङ गर्नुपर्ने बताएका छन् ।त्यस्तै पत्रकारिता सिद्धान्तमा अडिग रहि पत्रकार आचारसंहिता र निर्वाचन आचार संहिता पालना गर्दै नागरिक प्रति उत्तरदायीत्व भएर सामाचार संकलन गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय