दार्चुला । प्राज्ञिक बिद्यार्थी परिषद नेपालले बाढि पहिरो पीडित बिद्यार्थीहरु लाई राहत स्वरुप शैक्षिक सामग्री बितरण गरेको छ । गत भाद्र २४ गते राति लास्कु खोलामा आएको बाढी र पहिरोका कारण प्रभावित बाढी पीडित बिद्यार्थिहरुलाइ राहत स्वरुप प्राज्ञिक बिद्यार्थी परिषद नेपालले शैक्षिक सामग्री बितरण गरेको सुदुर पश्चिम् प्रदेश संगठन सचीव चन्द्र शेखर जोशीले जानकारी दिए । आइतबार जिल्ला सदरमुकाम खलंगाको महेन्द्र नमुना माध्यमिक बिद्यालयका ३० जना, छन्ना तिङ्करी कन्या माध्यमिक बिद्यालयका ८ जना, मोति महिला प्रा बि का १७ र कैलासपति नि मा बि का २० गरि जम्मा ७५ जना बाढी प्रभावित बिद्यार्थिहरुलाइ राहत सामग्री हस्तान्तरण गरिएको जोशीले जानकारी दिए ।
उक्त सामग्री हस्तान्तरण कार्यक्रमना महेन्द्र नमूना माध्यमिक बिद्यालयका प्रधानाध्यापक राम दत्त जोशी, प्राज्ञिक बिद्यार्थी परिषद नेपाल का प्रदेश अध्यक्ष महेश राज भट्ट , प्रदेश उपाध्यक्ष ममता अबस्थी, प्रदेश संगठन सचीव चन्द्र शेखर जोशी लगायतको उपस्थिति रहेको थियो । प्रत्येक बाढी प्रभावित बिद्यार्थिलाइ १ पिस स्कुल ब्याग र २ वटा कापी बितरण गरिएको हो ।
