दार्चुला : जिल्लाको अपिहिमाल गाउँपालिकाले अपिहिमाल भिजिट गर्न आउने अन्तरिक तथा बाह्य पर्यटकलाई मीठो खाना र सजिलो र आरामदायी बास व्यवस्थापनका लागि स्थानिय महिलाहरुलाई सीप र कला प्रर्दशन गर्न तालिम दिइरहेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० मा बजेटमा समेटेको कार्यक्रम ‘भिजिट अपिहिमाल’ लाई सफल पार्न स्थानिय महिलाहरुलाई तालिम प्रदान गरेको गाउँपालिकाका योजना अधिकृत नरहरी ठेकरेले जानकारी दिनुभयो । गाउँपालिका र नेपाल टुरिज्म बोर्डको (जिविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना) को साझेदारीमा तालिम संचालन गरिएको उहाले बताउनुभयो ।
नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (माउन्टेन एकेडेमी) को प्राविधिक सहयोगमा तालिम संचालन गरिएको हो । ७ हजार १ सय ३२ मिटर उचाईमा रहेको अपिहिमाल घुम्न आउने पाहुनालाई तालिम लिएका महिलाहरुले होम स्टेमा मीठो खाना खुवाउनुका साथै उचित बासको व्यवस्था बताइएको छ । साथै उनिहरुले अपिहिमाल सम्म घुम्न जाने पर्यटक संग गाइडको रुपमा जाने बताइएको छ । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयको तथ्याङ्क अनुसार अपिहिमाल आरोहण गर्न हरेक वर्ष विदेशी नागरिकहरु आउने गरेका छन् ।

   गतवर्षमा १६ जना विदेशी नागरिकले अपिहिमाल आरोहण गर्न अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयबाट १८ जना विदेशी नागरिकले अनुमति लिएको बताइएको छ । चालु आवमा २ जना जर्मन नागरिकले अपिहिमाल आरोहण गर्न अनुमति लिसकेका छन् । गाउँपालिकाको वडा नम्बर ४ नौपाटा र खलकोट, वडा नम्बर ३ को थुम्ती र पाथा तथा वडा नम्बर १ को सितीका गरी २८ जना महिला र १ जना पुरुष गरी २९ जनालाई होम स्टे तालिम प्रदान गरिएको योजना अधिकृत ठेकरेले जानकारी दिनुभयो । तालिममा उनिहरुलाई खानाका परिकार बनाउन, पाहुनाहरुको बसाई व्यवस्थापन गर्न, टुरिष्ट गाइड गर्न लगायतका कुरा सिकाइएको बताइएको छ ।
स्थानिय महिलाहरुलाई तालिम प्रदान गरे पश्चात गाउँपालिकाका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले पालिकाले चालु आर्थिक देखी अबको ५ वर्ष भित्रमा अपिहिमाल आरोहण गर्न १० पर्यटक भित्र्याउने निति लिएको बताउनु भएको छ । पालिकाले अंगिकार गरेको निति अन्तरगत स्थानिय महिला तथा होटल व्यवसायीको क्षमता बृद्धि गरी आगन्तुकको उत्कृष्ट सेवा सत्कार गरेर पैसा कमाउन सक्ने बनाउने बताउनुभयो । ‘हामी अपिहिमाल आरोहण गर्न आउने पाहुनाहरुलाई सेवा दिने सीप सिकाएर स्थानियको गरिबी घटाउन हर कोसिस गर्छौ उहाले भन्नुभयो ।’ तालिमको प्रशिक्षण प्रशिक्षकहरु अजित कुमार आचार्य र प्रकृति काफ्लेले गर्नु भएको थियो । dfm

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय