दार्चुला । माओवादी केन्द्रका दार्चुला–काठमाडौँ सम्पर्क समन्वय समिति अध्यक्ष जयभान सिंह धामीलाई कुटपिट गर्नेलाई तत्काल पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयले वारेन्ट जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले नौगाड गाउँपालिका वडा नम्बर २ का रमेश सिंह धामी, वडा नम्बर १ का जयलाल ठेकरे, वडा नम्बर ६ का जयभान धामी, सोही ठाउँका गौरे धामी र वडा नम्बर ४ सिप्टीका महेश सिंह ठगुन्नाको नाममा वारेन्ट जारी गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी राजेश शाहीले जानकारी दिनुभयो ।
प्रशानसले उनिहरुका नाममा वारेन्ट जारी गरे संगै विभिन्न युनिटबाट प्रहरीहरु परिचाल गरि उनिहरुको व्यापक खोजी कार्य भइरहेको उहाले जानकारी दिनुभयो ।

पिडित जयभान सिंह धामीका दाई नौगाड गाउँपालिका ६ धुलिगडाका हरि धामीले कार्तिक २७ गते जिल्ला प्रहरी कार्यालयमा उनिहरुका नाममा अभद्र व्यवहार गरेको भन्दै उजुरी दिएको आधारमा उनिहरुलाई पक्राउ गर्न वारेन्ट जारी भएको बताइएको छ । उजुरीको आधारमा उनिहरु विरुद्ध सार्वजनिक मुद्दा दर्ता गरी खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्तिक २७ गते एमालेका कार्यकर्ता धामी माथी सामूहिक आक्रमण गरेका थिए । धामी माथि सामूहिक रुपमा भाला र रडले फिल्मी स्टाइलमा आक्रमण भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । सामूहिक आक्रमणमा परी धामी गम्भीर घाइते भएका थिए । घाइते धामीको अहिले काठमाण्डौमा उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ । प्रहरीले वारेन्ट जारी भएको ४ दिन सम्म पनि कुनै पनि व्यक्तीलाई नियन्त्रण ल्याउन सकेको छैन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय