दार्चुला । २०५६ पछि राष्ट्रिय राजनितिमा राजनितिक लाभ नपाएका नेपाली कांग्रेस दार्चुलाका नेता दिलेन्द्र प्रसाद बडूले २०७९ मा आएर राजनितिक लाभ प्राप्त गर्नु भएको छ । २०४८ र २०५६ सालमा निर्वाचन जितेका नेता बडू २३ वर्षपछि प्रतिनिधिसभामा निर्वाचित हुनु भएको हो । लगातार ०५१, ०६४, ०७० र ०७४ मा कम्युनिष्टले जितेको दार्चुला कम्युनिष्ट किल्ला भत्काउदै बडू निर्वाचित हुनु भएको हो । दार्चुलाबाट २०५१ मा नेकपा एमालेका प्रेम सिंह धामीले निर्वाचन जितेका थिए, भने ०६४ मा भएको संविधानसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका लक्ष्मी दत्त जोशीले चुनाव जितेका थिए । यस्तै २०७० सालमा भएको संविधानसभा निर्वाचनमा नेकपा एमालेका गणेश सिंह ठगुन्ना निर्वाचित भएका थिए । त्यसपछि २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा पनि उनै एमालेका गणेश सिंह ठगुन्नाले नै निर्वाचन जितेका थिए । नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडूले कुुल खसेको मत ५८ हजार ५८ मध्ये २८ हजार ५१५ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । उहाका निकटतम प्रतिद्धोन्दी नेकपा एमालेका गणेश सिंह ठगुन्नाले २६ हजार ३ सय ८१ मत प्राप्त गर्नु भएको छ ।
नेता बडूको २००८ सालमा दार्चुलामा जन्म भएको थियो । जिल्लामै उच्च शिक्षा हासिल गर्नु भएका बडू त्रिभुवन विश्वविद्यालय नेपालगञ्ज बहुमखी क्याम्पसका प्राध्यापक रहनु भएको थियो । २०४६ सालको जनअन्दोलनबाट नेपाली कांग्रेसको राजनिति यात्रा सुरु गर्नु भएका बडू २०४८ सालको आम निर्वाचनमा निर्वाचित भई पहिलो पटक आवास तथा भौतिक योजना मन्त्रीको पदभार सम्हाल्नु भएको थियो । यस्तै २०५६ सालमा भएको निर्वाचन मा पुनः निर्वाचित हुनु भएका बडू २०५७ सालमा शिक्षा तथा खेलकुद मन्त्रीको पदभार सम्हाल्नु भएको थियो । ०६३ को निर्वाचन पछि नेता बडू समानुपातिक प्रणालीबाट संसद बनेर सूचना तथा सञ्चार राज्य तथा वन राज्य मन्त्री हुनु भएको थियो । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणालीबाट पुनः संसद बन्नु भएका नेता बडू कानून, न्याय तथा संसदीय मामिला मन्त्री तथा उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री बन्नु भएको थियो ।
उहा मन्त्री र संसद् हुँदा जिल्लामा विभिन्न विकास निर्माणका कामहरु गर्नु भएको छ । महाकाली नदी किनारमा पक्की तटबन्ध, अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयको स्थापना, दार्चुला तिंकर सडक निर्माण, चमेलिया जलविद्युत निर्माण लगायत थुप्रै कार्यहरु गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय