दार्चुला । जिल्ला सदरमुकाम खलंगाको एक पसलमा आगलागी भएको छ । महाकाली नगरपालिकाको वडा नम्वर ४ को राधाकृष्ण चोक नजिक रहेको न्यु महाकाली फेन्सी स्टोरमा शनिवार राति ११ बजे आगलागी भएको हो ।
विद्युत तार सट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । आगलागीबाट भएको क्षतिको बिवरण आउन बाकि रहेको प्रहरीले जनाएको छ ।
पसल धनि दिपेन्द्र ऐरीका अनुसार पसल भित्र रहेको सबै सामान चलेर नष्ट भएको वताउनु भएको छ । लाखौँको धनमाल जलेर नष्ट भएको उनले वताए । आगो स्थानियले १ घण्टाको समयमा राति नै नियन्त्रणमा लिएका थिए ।
